काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थापना गरिएको पुरस्कार ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।
पुरस्कारसँगै दुवैजनालाई ५० हजार १ रुपैयाँ नगदसमेत प्रदान गरियो । भक्तराज पत्नीको नामबाट नामाकरण गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवाधक रूपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ प्रदान गरियो ।
स्वास्थ्योपचार आवश्यक पर्ने कलाकारलाई दृष्टिगत गर्दै यस वर्षदेखि नयाँ सम्मान पनि थप गरिएको हो । आयोजित कार्यक्रममा शुभबहादुरले ‘जहाँ छन् बुद्धका आँखा’ गीतमाथि सेक्सोफोन बजाउनुभएको थियो ।
गायिका तीर्थकी छोरा सुरज थापाले ‘म त खाँदिन कुवाको पानी’ गीति प्रस्तुति दिनुभयो भने विपिन सागरले भक्तराजकै गीत ‘मुटु जलिरहेछ’ गाउनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच