शुभबहादुर र तीर्थकुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

Read Time = 1 min

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थापना गरिएको पुरस्कार ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।

पुरस्कारसँगै दुवैजनालाई ५० हजार १ रुपैयाँ नगदसमेत प्रदान गरियो । भक्तराज पत्नीको नामबाट नामाकरण गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवाधक रूपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ प्रदान गरियो ।

स्वास्थ्योपचार आवश्यक पर्ने कलाकारलाई दृष्टिगत गर्दै यस वर्षदेखि नयाँ सम्मान पनि थप गरिएको हो । आयोजित कार्यक्रममा शुभबहादुरले ‘जहाँ छन् बुद्धका आँखा’ गीतमाथि सेक्सोफोन बजाउनुभएको थियो ।

गायिका तीर्थकी छोरा सुरज थापाले ‘म त खाँदिन कुवाको पानी’ गीति प्रस्तुति दिनुभयो भने विपिन सागरले भक्तराजकै गीत ‘मुटु जलिरहेछ’ गाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
योःसी ठड्याएको भोलिपल्ट वसन्तपुरमा सामूहिक कुमारी पूजा एउटै खेलमा कप्तान सन्दीप लामिछानेको नाममा तीन उपलब्धि काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छ : प्रहरी महानिरीक्षक कार्की प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने मङ्सिर २६-२८ को महाधिवेशन कुनै बहानामा रोकिँदैन अध्यक्ष लिङदेन देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छ : राजेन्द्र लिङदेन चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छ : मदनकृष्ण श्रेष्ठ सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्…