आगामी बजेटमा बिमा समितिका अपेक्षा

Read Time = 2 mins

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आगामी आर्थिक वर्षको बजेटबाट बिमा क्षेत्रको विकासका लागि धेरैभन्दा धेरै नीतिगत व्यवस्था हुने विश्वास व्यक्त गर्नुभएको छ । बिमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पुर्‍याउन सकिने भन्दै उहाँले आगामी बजेटमा बिमा क्षेत्रको विकासका लागि धेरैभन्दा धेरै नीतिहरू आउने बताउनुभयो ।

तयार भइसकेको राष्ट्रिय बिमा नीतिको मस्यौदा पारित भई कार्यान्वयनमा आए बिमा क्षेत्रको विकासमा थप सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको बिमासम्बन्धी अन्तरक्रियामा सिलवालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको बिमा व्यवसायले भारत र बंगलादेशको अनुभवबाट आगामी दिनमा तय गर्नुपर्ने बाटो निर्धारण गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा बिमा व्यवसायी, बैंकर, रेटिङ एजेन्टका साथै कर्पोरेट क्षेत्रका करिब एक सय २० पेसाकर्मीको सहभागिता थियो । सो अवसरमा कोरोनापछि बिमा व्यावसायिक वातावरणका साथै बिमा क्षेत्रमा देखिएका नयाँ आयामहरू उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षा, प्रविधिमा आधारित बिमा सेवा, साइबर सुरक्षा, जलवायु परिवर्तन, तीव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलतालगायत विषयमा नेपाल, भारत र बंगलादेशका सहभागीबीच छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?