सिंजामा माओवादीको घोषणा पत्र, सिँजा सभ्यताको पहिचान विश्वसामु पु‍र्याउने प्रतिबद्धतादेखि रोजगारीको सुनिश्चिततासम्म

Read Time = 4 mins
A A- A+

जुम्लाा । जुम्लाको सिँजा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्दै सिंजा संग्राहलय स्थापनादेखि रोजगारीको सुनिश्चिततासम्मलाई जोड दिएका छन ।

माओवादीले सिँजा सभ्यतालाई संरक्षण गर्नका विश्व सम्पदा सूचीमा लिखित दस्ताबेज प्रस्तुत गर्नेसमेत उल्लेख गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले सिँजा सभ्यताको पहिचान दिलाउन र सभ्यताभित्र भएका हरेक क्रियाकलापको संरक्षण गर्न योजना बनाउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
घोषणापत्र सार्वजनिक गर्दै भन्नुभयो, “सिँजा आफैमा एक शक्तिशाली राज्य हो । तर पछिल्लो समयमा केन्द्रिकृत सत्ताका कारण सधैं ओझेलमा परिरह्यो । अब स्थानीय सरकारले सिँजाको पहिचान दिने खालका नीति कार्यक्रम तर्जुमा गर्नेछ । जसका कारण नेकपा माओवादीको उम्मेदवारी हो । ”

माओवादीले प्रत्येक वडा कार्यालयका केन्द्रहरूमा १० घर नयाँ सहरको स्थापना गर्ने जनाएको छ । उपभोक्ता समितिको मनपरीका कारण अनियमितता मौलाएकोले अब श्रम संगठन बनाउने गरी घोषणा पत्र बनाएको छ । श्रमिकका खातामा पारिश्रमिक पठाउने व्यवस्था गर्ने, युवालाई रोजगारीमा प्रथामिकता दिने, नतिजाको आधारमा शिक्षक प्रोत्साहन तथा पुरस्कृत कार्यक्रम ल्याउने, भ्रमणको व्यवस्था गर्ने माओवादीको घोषणापत्रमा उल्लेख छ ।
सबै विद्यालयमा इन्टरनेट जडान, पक्की तथा बालमैत्री विद्यालय भवन निर्माणदेखि आधारभूत व्यवस्थापनमा जोड दिइने अध्यक्षका उम्मेदवार धितालले जानकारी दिनुभयो । सिँजाका अति विपन्न नागरिकका लागि आवासको व्यवस्था गर्ने,सिञ्जा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाको रूपमा विकास गर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

कृषिमा ‘एक गाउँ एक कृषि’ उत्पादन र सहकारी उत्पादन तथा रैथाने कृषि वस्तुको बजारीकरणमा जोड दिने घोषणापत्रमा समेटिएको धितालले जानकारी दिनुभयो । त्यस्तै हरेक घरको एक जनालाई रोजगारमा जोड्ने नीति अबलम्बन गर्ने माओवादीले जनाएको छ ।
सिँजा गाउँपालिकाको निर्माणाधीन भवनको निर्माण कार्य सकाउने,नाग्म–गमगढी राजमार्गदेखि पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने, भेडापालन व्यवसायलाई प्रवद्र्धन गरी ऊन र राडीपाखी उत्पादनमा जोड दिने,जल, जमिन र जडिबुटीबाट प्राप्त लाभलाई राजस्वको दायरामा ल्याइने घोषणापत्रमा उल्लेख छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?