कलाकार भुवन, श्वेता र रवीन्द्र नेपाली कांग्रेस प्रवेश

Read Time = 2 mins

काठमाडौं । अभिनेता भुवन केसी, नायिका श्वेता खड्का, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अ सभापति शेरबहादुर देउवाले उहाँहरूलाई पार्टी प्रवेश गराउनुभयो । देउवाको हातबाट टीका थाप्दै लोकप्रिय तीन कलाकार कांग्रेसमा प्रवेश गर्नुभएको हो । उहाँहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको बताइएको छ ।

अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उहाँलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर, पछि उहाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो । यसअघि उहाँ नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो ।

पछिल्लो समय व्यवसायमा सक्रिय अभिनेत्री श्वेता खड्काले गरेको अन्तिम चलचित्र ‘कान्छी’ हो । त्यसपछि उहाँले कुनै चलचित्रमा काम गर्नुभएको छैन । कलाकार खड्का भने पुरानै कलाकार हुनुहुन्छ । अहिले उहाँ चलचित्र कलाकार संघमा आबद्ध हुनुहुन्छ । खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताउनुभएको थियो ।

यो प्रस्ताव उहाँले सभापतिसमेत रहनु भएका देउवासमक्ष राख्नुभएको थियो । ‘पनौती नगरको मेयर बन्न चाहन्थेँ’, उहाले भन्नुभएको छ, ‘यो प्रस्ताव पनि राखेको हुँ । तर सभापतिले अहिले ढिला भइसक्यो । प्रदेश र संघको निर्वाचनमा सकेँ भने प्रयास गरौंला नभए पार्टीभित्र काम गर्ने ठाउँ धेरै छन् भन्नुभएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?