काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जानुहुँदैछ । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लाग्नुभएको हो । देउवाको सचिवालयले जनाएअनुसार देउवा १० बजेपछि विराटनगर जाने कार्यक्रम रहेको छ ।
कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताउनु भयो ।
सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने सभापति लिम्बुले जानकारी दिनुभयो ।
विराटनगर प्रदेश १ को एक मात्र महानगरपालिका हो । त्यहाँ पाँच दलीय गठबन्धनबाट नागेश कोइराला प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । कोईराला कांग्रेसका हुनुहुन्छ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रमअन्तर्गत कोइरालाको प्रचार हुनेगरी चुनावी सभा हुन लागेको हो ।
कांग्रेसले २७ वैशाखसम्ममा १० ठाउँमा कार्यक्रम गर्ने जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :