सिएनआईको महानिर्देशकमा जोशी

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सिएनआई पदाधिकारी समितिको २७औँ बैठकको निर्णयअनुसार उहाँलाई महानिर्देशकमा नियुक्त गरिएको सिएनआईले जनाएको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

अध्यक्ष अग्रवालले नेपाली उद्योगको प्रतिनिधिमूलक संस्थाका रूपमा सिएनआईले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट सिएनआईको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नवनियुक्त महानिर्देशक जोशीले सिएनआईले अघि बढाएका अभियानलाई भविष्यमा थप प्रभावकारी बनाउने जानकारी गराउँदै सिएनआईमा आबद्ध सम्पूर्ण सदस्यमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षका रूपमा काम गर्नुभएको छ भने अन्तर्राष्ट्रियरूपमा ‘च्याम्पियन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?