उपकप्तान रोहितको छलाङ

Read Time = 6 mins

काठमाडौं । १९ वर्षीय रोहित पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई सिरिजका लागि नेपाली टोलीको उपकप्तानमा चयन गरेको हो ।

क्यानसँगको विवादपछि चारमहिना अघि क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । त्यसबेला क्याले कप्तान ज्ञानेन्द्रसँगै तत्कालिन उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई हटाएको थियो । त्यसबेलादेखि खाली रहेको उपकप्तानको जिम्मेवारी क्यानले रोतिलाई सुम्पिएको हो ।

नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ । रोहितले नेपाली यू-१९ टोलीको कप्तानीसमेत गरी सक्नुभएको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उहाँ भैरहवामा ग्ल्याडियटर्सको उपकप्तानसमेत हुनुहुन्छ ।

सन् २०१८ मा नामिबियाविरुद्ध लिष्ट ‘ए’मार्फत नेपाली टोलीमा डेब्यु गरेपछि रोहितले त्यसको चार वर्षपछि नै राष्ट्रिय टोलीको उपक्पतानीको जिम्मेवारी पाउनुभएको छ । नेपालबाट डेब्युयता रोहितले १७ ओडिआई, १६ टि२० आई र ३२ लिष्ट ए खेलहरू खेल्नुभएको छ । ओडिआईमा रोहितले १ शतक र चार अर्धशतकसहित कुल ६ सय २३ रन बनाउँदै नेपालबाट रन बनाउने खेलाडीको सूचीमा शीर्षस्थानमा हुनुहुन्छ ।

रोहितले दुई महिनाअघि पपुवा न्यूगिनीविरुद्ध पहिलो ओडिआई खेलमा १ सय २६ रनको कीर्तिमानी शतकीय इनिग खेल्नुभएको थियो । २०७५ माघमा उहाँले युएईविरुद्धको खेलमा सातौं नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ५८ बल खेल्दै ७ चौकासहित ५५ रनको पारी खेल्दै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष अगाडि बनाएको अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाम लेखाउनुभएको थियो ।

अफ्रिदीको उमेर १६ वर्ष २१७ दिनका दिन कीर्तिमान बनाउँदा त्यो भंग गर्ने क्रममा रोहित पौडेलले १६ वर्ष १४६ दिनमा कीर्तिमान रच्नुभएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने रोहित विश्वकै चौथो कान्छा खेलाडीसमेत हुनुहुन्छ । उहाँले २०७४ मा नेदरल्याण्डसँग नेपालले खेलेको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो एकदिवसीयमा नेपालका लागि डेब्यु गरेका थिए । त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिनमात्रै थियो ।

नवलपरासीको बर्दघाट-१४ मा जन्मेका रोहितले स्कुल लेभलबाट नै क्रिकेट खेल्न सुरु गर्नुभएको हो । सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकप खेलेपछि रोहितमा क्रिकेट सिक्ने हुटहुटी बढेको थियो ।

बालुवाटार क्रिकेट एकेडेमीमा उहाँ क्रिकेट सिक्दै अघि बढ्नु भएको हो । सन् २०१६ को डिसेम्बरमा श्रीलंकामा एसिसी यु–१९ एसिया कप हुँदै थियो । त्यो प्रतियोगिता खेल्ने नेपाली खेलाडी छनोट गर्नेक्रममा भैरहवामा भएको ट्यालेन्ट हन्टबाट रोहितलाई क्याम्पमा बोलाइएको थियो । त्यसपछि रोहितले पछाडि फर्केर हेर्नुपरेको छैन ।

उपकप्तानको जिम्मेवारी पाउँदा रोहित खुशी हुनुहुन्छ । उहाँले आफूले सक्दो योगदान दिई टोलीलाई अघि बढाउने विश्वास दिलाउनुभयो । रोहितले युवा टोली रहेकाले आगामी दिनमा पनि नेपाली क्रिकेट टोलीले अझै राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला ओडिआई सिरिजका लागि बुधबारमात्रै १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल हुनुहुन्छ ।

अमेरिकामा नेपालले जेठ २६ गते नेपालविरुद्ध ओमान, जेठ २८ गते अमेरिकाविरुद्ध नेपाल, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग गरि दुई दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?