काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आइसिए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गरेको छ । ठमेलको अलफ्ट काठमाडौं होटलमा वैशाख १४ र १५ गते आयोजित गोष्ठी फिल्डवर्क एजुकेसन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सामा रूपमा रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रमले किन्डरगार्डेन, प्राथमिक र निम्नमाध्यमिक तहको पाठ्यक्रमलाई समेट्ने बताइएको छ ।
संस्कृति इन्टरनेसनल स्कुलकी निर्देशिका दिप्ती आचार्यले भन्नुभयो, ‘हालका वर्षमा बेलायतको फिल्डवर्क एजुकेसनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयले अपनाएका छन् । किनभने यसका पाठ्यक्रम विषयगत र रचनात्मक हुने गर्छन् । जसले गर्दा हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पाठ्यक्रम मिलाएर विद्यालयको विषयवस्तु फराकिलो बनाउन र चौतर्फी शैक्षिक अनुभव प्रदान गर्न मद्दत गर्छ ।’
संस्कृति इन्टरनेस्नल स्कुलका अध्यक्ष रञ्जित आचार्यले भन्नुभयो, ‘कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यास गरिएको छ । सहभागी शिक्षकहरूले विभिन्न विद्यालयका शिक्षकका साथै अन्तर्राष्ट्रिय पाठ्यक्रम संघका सहकर्मीसँग भेट्ने र शैक्षिक सुधार गर्ने विषयमा केन्द्रित छलफल र सहकार्यमा संलग्न हुने अवसर पाउनुभएको छ । मलाई आशा छ, सबै सहभागीले गोष्ठीको पूर्ण लाभ उठाउनुहुनेछ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच