निरोज कोइराला/हिटा
भोजपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रकाशित गरेको अधिकृत र सहायक मतदान अधिकृतको नामावली मर्यादाक्रम विपरीत भएको भन्दै जिल्लामा क्रियाशील कर्मचारीको आधिकारिक ट्रेड युनियन र शिक्षक महासंघले सो सच्याउन माग गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मुख्य निर्वाचन अधिकृतलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खड्गबहादुर पौड्याल र शिक्षक महासंघ भोजपुरका सचिव हरि गौतमले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार अधिकृत र मंगलबार सहायक मतदान अधिकृतको नामावली प्रकाशित गरेको थियो । ज्ञापनपत्र बुझ्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता आएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘आसन्न स्थानीय तह निर्वाचनको प्रयोजनका लागि प्रकाशित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको नामावलीमा राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको पदसोपानमा तहगत, श्रेणीगत मर्यादाक्रम नमिलेको, तह र श्रेणी उल्लेख गर्दा त्रुटि देखिएको र निर्वाचन आचारसंहिता विपरीत ट्रेड युनियनका पदाधिकारीहरूको समेत नाम समावेश गरिएको पाइएकाले उक्त अनियमित, अमर्यादित र निर्वाचन आचारसंहिता विपरीत भएको सो नामावली सच्याउन यो ज्ञापनपत्र पेश गरिएको बेहोरा अनुरोध छ ।’
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई समेत बोधार्थ दिएर बुझाइएको ज्ञापनपत्रमा नामावली नसच्चिएमा तोकिएको जिम्मेवारी वहन गर्न राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू बाध्य नहुनेसमेत उल्लेख गरिएको छ ।
नायब सुब्बाहरू मतदान अधिकृत भइरहँदा अधिकृतस्तरका कर्मचारी र शिक्षकहरूलाई सहायक मतदान अधिकृत बनाइएपछि असन्तुष्टि बढेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच