काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्यो स्त्री जातैले, तन बिगार्यो लोकलको मातैले…’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो ।
बाबुल गिरीको संगीत तथा संगीत संयोजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृंगार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ ।
रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभयो ।
गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा.उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । कीर्तिमानी गीतकार डा.उपाध्याय दर्जनौ अवार्ड, पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :