नेपाल लाइफ २२ औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । २२औँ वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभर विभिन्न नौ स्थानमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी तीन सय दुईजनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीमा निरन्तररूपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उपशाखा कार्यालयले वार्षिकोत्सवलाई भव्य बनाउन अन्य गतिविधि तथा कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?