भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १४, बोयाको बिहिबारे बजारमा बिहिवार बेलुका लागेको आगलागीबाट करिव तीन करोड बरावरको क्षति भएको छ ।
आगलागीबाट अढाई बर्षकी रेश्मा तामाङको मृत्यु भएको थियो भने चार घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरबाट सुरु भएको आगोलागीबाट करिव २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगोलागीमा परी मृतक बालिकाका बाबु खेममणी तामाङ र आमा मिना तामाङ समेत घाइते भएकाले उनीहरुलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उक्त आगो स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा राती नियन्त्रणमा आएको थियो ।
आगलागीबाट खेममणी, र अर्जुन तामाङको २ वटा घर र घरमा भएको किराना पसल तथा कपडा पसल समेत पुर्णरुपमा जलेर नष्ट भएको छ । घटनाका बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :