काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशिल र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताउनु भएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उहाँले बताउनु भयो ।
‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भन्नुभयो, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्ति विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’
राजनीतिक स्थिरत कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उहाँले गर्नुभयो । स्थिरिता नहुँदा विकास हुन नसकेको उहाँले बताउनु भयो ।
‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ । क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भन्नुभयो ।
केही समय राजनीतिक स्थीरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उहाँे बताउनु भयो । उहाँले थप्नुभयो, ‘हामी आफैले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौं ।’
ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेलिएको दाबी उहाँले गर्नुभयो । यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उहाँले बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच