काठमाडौं । पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिता आगामी कात्तिक २६ गतेबाट हुनेभएको छ । आयोजक इपीएल क्रिकेटले एक विज्ञप्ति जारी गर्दै उक्त मितिबाट नयाँ संस्करणको प्रतियोगिता सुरु हुने जनाएको हो ।
मंसिर १० गतेसम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति दिइसकेको इपीएलले जनाएको छ । यस वर्षको इपीएल अघिल्ला संस्करणभन्दा भव्य हुने विज्ञप्तिमा उल्लेख छ । विश्वभरका दर्शक र पहुँच बनाउन इपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बंगलादेश र अन्य थुप्रै देशमा प्रत्यक्ष प्रसारणको तयारी भइरहेको आयोजकले जनाएको छ ।
इपीएलका संस्थापक तथा सिइओ आमिर अख्तरले इपीएल नेपालको गौरव भएको र यसले नेपाली क्रिकेटलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्न, तथा पर्यटन सम्भाव्यतामा सुधार गर्न पनि मद्धत पुग्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध