प्रजनन् क्षमताका लागि खानपिन र जीवन शैली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वैवाहिक जीवनमा प्रजनन् क्षमताले निकै महत्व राख्छ । स्वस्थ सन्तान उत्पादनका लागि पुरुष र महिला दुवै प्रजनन्का हिसाबले स्वस्थ हुनुपर्छ । तर, त्यसका लागि उनीहरू उर्वर हुनु आवश्यक छ । यस्तो उर्वरता उनीहरूको खानपिन र जीवन शैलीमा पनि भरपर्छ ।

पछिल्लो समय हाम्रो खानपान र वरपरको वातावरणले गर्दा पुरुषहरूमा प्रजनन् क्षमतामा कमी हुँदै गएको विभिन्न अध्ययनबाट पुष्टि हुन आएको छ । यस्तोमा हामीले हाम्रो खानेबानी र जीवन शैलीमा परिवर्तन ल्याउन जरुरी छ । विज्ञहरूका अनुसार केही खानेकुराले पुरुषको प्रजनन् क्षमता बढाउनमा महत्वपूर्ण योगदान गर्दछन् । आफ्नो शरीरलाई स्वस्थ राख्नुका साथै प्रजनन् क्षमताका लागि पुरुषले आफ्नो आहारमा ध्यान पुर्‍याउनुपर्दछ ।

नियमितरूपमा स्वच्छ र सन्तुलित फलफूल उपभोग गरेर पनि पुरुषको यौन क्षमता बढाउन सकिन्छ । भिटामिन ‘ए’ र ‘बी वान’ युक्त केरा, अनार, आँप, स्ट्रबेरीलगायत मौसमी फलफूलले मानिसलाई स्वस्थ बनाउनुका साथै यौन क्षमता पनि तीव्र बनाउँछ ।
यस्तै ब्रोकाउली, स्याउ, किवी, केरा, अण्डा, तरबुजा, अनार, पालुंगो जस्ता खाद्यवस्तुले प्रजनन् क्षमतालाई कायम राखिराख्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको बताइन्छ ।

यस्तै तनावरहित हुने, चिल्लो कम खाने, एभोकार्डाे, बदाम, स्ट्रबेरी, कुरिलो, खरबुजालगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खाने गरेमा तपाईंलाई स्वस्थ यौन जीवन प्राप्त हुन्छ । त्यस्तै नियमित व्यायाम गर्ने र आफ्नो स्वास्थ्यबारे सचेत हुन जरुरी छ । अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । चिकित्सकको सल्लाहमा तपाईं आफ्नो जीवन सुखमय बनाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक