कलेजस्तरीय क्विज कम्पिटिसन

Read Time = 1 min

काठमाडौं । कलेजस्तरीय व्यवस्थापन हाजिरीजवाफ प्रतियोजिता (क्विज कम्पिटिसन) मा सायम कलेज प्रथम भएको छ । सिटिजन कलेज उपविजेता (फस्ट रनरअप) बन्न सफल भएको छ । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) अन्तर्गतको एनसिआइटी म्यानेजमेन्ट क्लबद्वारा आयोजित ‘इन्टर कलेज म्यानेजमेन्ट क्विज कम्पिटिसन २०२२’ मा उपत्यकाका १६ वटा व्यवस्थापन कलेजका विद्यार्थीको सहभागिता थियो ।

विजेता सायम कलेज समूहले ५१ हजार एक सय रुपैयाँसहित ट्रफी र उपविजेता सिटिजन्स कलेज समूहले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । सायम कलेजतर्फबाट समूहमा धर्मप्रसाद ओली, पुरुषोत्तम मल्लिक, दीप चन्द र भरत देउवाको सहभागिता थियो । विद्यार्थीको ज्ञानस्तर बढाउन प्रतियोगिता सहयोगी हुने सायम कलेजमा बिबिए आठौँ सेमेस्टर अध्ययनरत पुरुषोत्तम मल्लिकले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?