बागलुङ नगरका उपमेयरका उम्मेदवार आचार्यले गठबन्धनलाई सघाउने

Read Time = 3 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङ नगरपालिकामा नेकपा एकीकृत समाजवादीको तर्फबाट उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएका जीवन आचार्य र वडा नम्बर २ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका शशीकपुर श्रेष्ठले गठबन्धनलाई सघाउने हुनु भएको छ ।

आचार्य र श्रेष्ठले शनिबार पत्रकार सम्मेलन गरी आफुहरुको उम्मेदवारी नरहने घोषणा गर्नुभयो ।

दुवै जनाले छट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी आफ्नो उम्मेदवारी नरहने र पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताउनु भयो । आचार्यले गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार काँग्रेसका वसन्त कुमार श्रेष्ठ र उप्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजु खड्का लगायत सवै वडा अध्यक्ष र सदस्यलाई निर्वाचित गराउनका आफुले उम्मेदवारी फिर्ता गरेको बताउनु भयो ।

आचार्यले विज्ञप्तिमा भन्नुभएको छ–‘नेकपा एकिकृत समाजवादी संविधानको रक्षा लोकतन्त्रको हित र जनअधिकारको संरक्षण गर्ने उद्देश्यसहित विद्रोहको झण्डा उठाएको पार्टी भएको र पाँच दलीय गठबन्धनको मुख्य सुत्रधार शक्ति रहेका कारण उद्देश्य प्राप्तीका लागि मेरो उम्मेदवारी नरहेको जानकारी गराउँछु ।’

त्यसैगरी वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर श्रेष्ठले पनि विज्ञप्ति मार्फत गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्ने बताउनुभयो ।

उहाँले गठबन्धनका तर्फबाट बागलुङ नगरपालिका–२ का वडा अध्यक्षका उम्मेदवार सुरज बोसेल सहित नगरप्रमुख उपप्रमुख र वडा सदस्यका उम्मेदवारलाई विजयी गराउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाली काँग्रेसको क्रियाशिल सदस्य समेत रहेका श्रेष्ठले आफ्नो पार्टीका नेता र नेतृत्वको आग्रह बमोजिम आफुले उम्मेदवारी फर्ता गराएको बताउनु भयो ।

पत्रकार सम्मेलन नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक उमाकान्त शर्मा बाबुको अध्यक्षता र काँग्रेसका बागलुङ नगर सदस्य सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए