देशलाई दुर्घटनाबाट बचाउने हो भने राप्रपाले जित्नुपर्छ : लिङ्देन

Read Time = 3 mins

पोखरा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताउनुभएको छ । अब देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असम्भव भएको दाबी गर्दै उहाँले राप्रपाको विकल्प नभएको जिकिर गर्नुभयो ।

पोखरामा शनिबार पार्टीको चुनावी सभामा सम्बोधन गर्दै उहाँले कांग्रेस, एमाले, माओवादीलगायत ठूला पार्टी गलत बाटोमा हिँडिरहेको र गल्ती सच्याउन तयार नभएको पनि बताउनुभयो । देशलाई कुनै पनि दुर्घटनामा जान नदिई बचाउने जिम्मेवारीसाथ राप्रपा निर्वाचनमा होमिएको उहाँको भनाइ थियो ।

उहाँले आगामी निर्वाचनमा भोट हाल्नुअघि हजार पटक सोच्न उहाँले आग्रह गर्नुभयो । पाँच वर्षमा एकदिनको एक क्षण मात्रै जनता मालिक हुने तर अरू समय सबै ठूला पार्टी र नेता मालिक भएको उहाँले जनाउनुभयो । ‘हातै काटेर मत दिने कुरा भएकाले धेरैपटक सोच्नुहोला,’ उहाँले भन्नुभयोे, ‘कसैका बाबुबाजे नेता भएको आधारमा, कोही जेल बसेकै आधारमा नभई अहिले के गरिरहेका छन् भन्ने हेरेर मत दिनुपर्छ ।’

उहाँले ठूला पार्टीका इमानदार र देशभक्त कार्यकर्तालाई आफ्नो पार्टी र नेता नसुध्रिएको भन्दै राप्रपामा मतदान गर्न आग्रह गर्नुभयो । पार्टी छाडेर आउन समस्या भए उनीहरूको बाकस खाली हुनेगरी मतदान गर्न आह्वान गर्दै उहाँले कि नेतालाई सुधार्नुपर्‍यो नभए पार्टी छाड्नुपर्ने बताउनुभयो । कम्युनिष्टले झण्डै दुई तिहाइको जनमत र सातवटा सरकार आफ्नै कारणले गुमाएको भन्दै उहाँले एमालेलाई कति सिट दिए गरिखान्छ ? भन्दै प्रश्न गर्नुभयो ।

राप्रपा फरक ढंगको भएर आएको भन्दै सबैभन्दा माथि देश राखेको बताउनुभयो । अहिले राप्रपाले लिएर आएको मुद्दा र अभियान देश बचाउने रहेको उहाँको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?