काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उलंघन गर्ने २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ । निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार बिनादर्ता सञ्चालित न्यूज पोर्टलहरूले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गरेपछि कारवाही गरिएको हो । आचारसंहिता उलंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको काउन्सिलले जनाएको छ ।
चैत २५ गतेदेखि वैशाख २२ गतेसम्म अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, यस अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई आचारसंहिता कार्यान्वयनमा गम्भीर बन्न निर्देशन गरिएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार यस अवधिमा आठ वटा सञ्चार माध्यमलाई लिखितरूपमा सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो ।
काउन्सिलकाअनुसार यस अवधिमा आचारसंहिता उलंघन गर्ने चार वटा सञ्चार माध्यमसँग स्पष्टीकरणसहित जवाफ माग गरिएको छ । त्यस्तै, ११ वटा पत्रपत्रिकालाई आचारसंहिता कार्यान्वयनमा निर्देशन दिइएको छ । एक पत्रिकालाई सचेत गराइएको र एक पत्रिकालाई ध्यानाकर्षण गराइएको बोहराले जानकारी दिनुभयो । त्यस्तै, आठ वटा रेडियोलाई निर्देशन र दुई वटालाई ध्यानकर्षण गराएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार एक टेलिभिजनसँग स्पष्टीकरणको जवाफ माग, ६ वटालाई निर्देशन, २ वटालाई सचेत गराइएको छ । सोहीअनुसार आचारसंहिता प्रतिकूल समाचार तथा सूचना सम्प्रेषण गर्ने १४ जना पत्रकारलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल