चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाउनु भएको छ ।
भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरको व्यवस्थित र समानुपातिक विकास गर्नबाट दाहाल चुकेको समेत बताउनु भयो।
‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख (रेणु दाहाल)ले आफैले शिलान्यास गरेर पूरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भन्नुभयो ।
भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उहाँले बताउनु भयो । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलिका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उहाँले जनाउनु भयो ।
‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।
आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उहाँले थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :