चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गर्नुभएको छ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताउनु भयो।
‘टाउके नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गर्नुभयो। चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गर्नुभयो ।
‘अस्ति मात्रै धम्की सुन्नुभयो होला । मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ । हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने रु’, ओलीले प्रश्न गर्नुभयो ।
आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताउनु भयो । अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताउनु भयो।
अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको एमाले अध्यक्ष ओलीले आरोप लगाउनु भयो ।
कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष मात्र बनाइदिन आग्रह
अध्यक्ष ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।
‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भन्नुभयो ।
निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने उहाँले बताउनु भयो । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी हट लाइन नेता भएको बताउनु भयो । भोट हालेर उम्मेद्वारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उहाँको भनाइ छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल