इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाको भनाइ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताउनु भयो।

शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन्।

यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि सातजना नेपाली घाइते भएका छन्।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?