हङकङको नयाँ प्रमुखमा जोन ली

Read Time = 1 min

हङकङ । हङकङको प्रमुखमा जोन ली निर्वाचित हुनुभएको छ । पूर्व सुरक्षा प्रमुख जोन ली हङकङको नयाँ नेतामा निर्वाचित हुनुभएको हो । उहाँ प्रमुख कार्यकारीमा निर्वाचित भएसँगै हङकङमा चिनियाँ सरकारको पकड सुदृढ हुने विश्वास गरिएको छ । जोन लीलाई चीनको कट्टर समर्थक मानिन्छ ।

६४ वर्षीय जोन ली निर्वाचन समितिमार्फत निर्वाचित हुनुभएको हो । हङकङको प्रमुख बन्नुअघि जोन ली हङकङ प्रहरीमा हुनुहुन्थ्यो । उहाँले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहनुभएकी क्यारी लामलाई विस्थापित गर्नुहुनेछ । हङकङ आधिकारिक रूपमा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?