हङकङ । हङकङको प्रमुखमा जोन ली निर्वाचित हुनुभएको छ । पूर्व सुरक्षा प्रमुख जोन ली हङकङको नयाँ नेतामा निर्वाचित हुनुभएको हो । उहाँ प्रमुख कार्यकारीमा निर्वाचित भएसँगै हङकङमा चिनियाँ सरकारको पकड सुदृढ हुने विश्वास गरिएको छ । जोन लीलाई चीनको कट्टर समर्थक मानिन्छ ।
६४ वर्षीय जोन ली निर्वाचन समितिमार्फत निर्वाचित हुनुभएको हो । हङकङको प्रमुख बन्नुअघि जोन ली हङकङ प्रहरीमा हुनुहुन्थ्यो । उहाँले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहनुभएकी क्यारी लामलाई विस्थापित गर्नुहुनेछ । हङकङ आधिकारिक रूपमा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक