काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह ‘डी’ मा शीर्षस्थानमा उक्लिँदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ ।
जितका लागि ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनको नट आउट पारी खेल्नुभयो । रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहनुभयो ।
ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट हुनुभयो । भुटानकी अञ्जु गुरुङ र अञ्जली घलेले एक÷एक विकेट लिनुभयो ।
त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित २५ रन बनाउनुभयो ।
छिरिङ जान्ग्मो ३५ बलमा १ चौकासहित १६ रनमा आउट हुनुभयो । कप्तान तथा विकेटकिपर डेचन वान्ग्मोले २१ बलमा ३ चौकासहित १७ रन बनाउनुभयो ।
नेपालको जितमा कविता कुँवर, इन्दु बर्मा, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिनुभयो । नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
१६ सहभागी टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच