आयुर्वेदकर्मीलाई क्षमता अभिबृद्धि तालिम

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । आयुर्वेद पद्धतिप्रति आकर्षण बढी रहँदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले स्वास्थ्यकर्मीका लागि क्षमता अभिबृद्धि तालिम दिएको छ ।

बुधबारदेखि सुरू तीन दिने तालिममा आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । तालिममा योग, पुर्वपञ्चकर्म र अनलाइन बिवरण संकलन लगायतका बिषयमा सहभागीलाई अभुमुखीकरण गरिने आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज पण्डितले बताउनुभयो ।

तालिम उदघाटनका क्रममा बोल्दै जिल्ला समन्वय प्रमुख कमल थुलुङ, जिल्ला न्यायाधीश मणीराम न्यौपाने, जिल्ला न्यायाधिबक्ता नारायण घिमिरे र बरिष्ठ पत्रकार निरोज कोइरालाले आयुर्वेद चिकित्सा पद्धतिप्रति नागरिकको आकर्षण बढ्दै गएकाले स्वास्थ्यकर्मी पनि दक्ष हुँदै जानु आवश्यक रहेको बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?