माघी मनाउन माघ २ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । यही माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाउन लागेको हो । माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ ।

माघे संक्रान्ति/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लीला गिरीले सचिवहरूलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा. दीपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरूले मातहतका मन्त्रालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकमा मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो । मन्त्रालय र मातहतका कार्यालयहरूबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरूलाई निर्देशन दिनुभएको थियो । माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरूलाई उत्कृष्टताका आधारमा प्रोत्साहनस्वरूप पुरस्कृतसमेत गर्नेगरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । महोत्सवका लागि मूल-आयोजक समिति, व्यवस्थापन समिति लगायतका समितिहरू पनि गठन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?