न्युजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।

माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो ।

भारतले दिएको ३५० रनको लक्ष्य पछ्याएको पाहुना टोली माइकल ब्रेसवेलको शतकका बाबजुद अन्तिम ४ बल बाँकी हुँदै ३३७ रनमा अलआउट भयो ।

भारतका शुभमन गिलले दोहोरो शतकीय पारी खेले । गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने विश्वका आठौं ब्याट्सम्यान तथा भारतका पाँचौं खेलाडी बनेका छन् ।

योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार र तेस्रो खेल आउँदो मंगलवार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?