सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ ।
बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा सोमबार बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिनुभयो ।
गाडी आठबीस नगरपालिका-४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए ।
बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गर्नुभएको छ । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए,’ उहाँले भन्नुभयो,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’
घटनाबारे इलाका प्रहरी कार्याल राकमले अनुसन्धान थालेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल