आफ्नो खर्चमा क्षेत्रीय समस्याको समाधान स्वीकार्य छैन : इजिप्ट

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौलीले इजिप्टले आफ्नो खर्चमा क्षेत्रीय समस्याको कुनैपनि समाधान स्वीकार नगर्ने बताउनुभएको छ ।

उत्तरी सिनाईको अल आरिश शहरमा जनजातिहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजिप्टले प्यालेस्टाइन-इजरायल द्वन्द्वलाई इजिप्टको खर्चमा वा अन्य देशहरुको खर्चमा बिस्तार गर्न अनुमति नदिने बताउनु भयो । दुई राज्यले युद्ध रोकेर आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै इजिप्टयन सूचना सेवाका प्रमुख दिया रश्वानले इजिप्टले अहिले दुवै देशसँग युद्धबिराम गर्न आह्वान गरेको बताउनु भयो । उहाँले अहिले इजिप्ट १६ वर्षदेखि घेराबन्दीमा रहेका प्यालेस्टाइनी जनताको सहायताको लागि खुला रहेको बताउनु भयो । उहाँले पछिल्लो समय इजिप्ट र गाजापट्टी बीचको सीमानाको भ्रमण गर्नुभएको थियो ।

अहिलेसम्म राहत सामग्री बोकेका २५० ट्रक प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गरेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?