धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा (बहुमत) को घोषणा, १ फागुनमा महाधिवेशन गर्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ हुनु भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो ।

पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गर्नुभयो।

उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको कार्यनीति भने राजनीतिक स्थायीत्व, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता रहेको छ ।

चितवनमा हालै सम्पन्न भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाएको थियो । सोही भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो ।

स्थानीय तह निर्वाचनमा जाने भएपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा मतभेद चुलिएको थियो । नेता बास्तोलासँगै अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत बहुमत नेताहरू भने निर्वाचनमा जान तयार हुनु भएन ।

यसपछि उत्पन्न विवादकै बीच आपसमा कारबाहीमा उत्रिए । अन्ततः बास्तोलासहितका नेताहरू अलग भएर नयाँ पार्टी स्थापना गर्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?