पोखरा । नेकपा एमालेले गठबन्धनविरुद्ध पोखरामा शक्ति प्रदर्शन गरेको छ । एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले पोखरा महानगरपालिकामा आफ्नो बर्चश्व कायमै राख्न सबै शक्ति केन्द्रित गरेको हो ।
गठबन्धनले आइतबार चुनावी सभा गरेलगत्तै सोमबार एमालेले काउन्टर आमसभा गरेको छ ।
उक्त सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा ओलीले गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उहाँले कार्यकर्तालाई सुझाउनु भएको थियो । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उहाँ भन्नुहुन्छ ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’ उहाँले भन्नुभयो ।
उहाँले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाउनु भयो । अध्यक्ष ओलीले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गर्नुभयो। ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उहाँले भन्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच