गोरखा । उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ ।
चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुन् ।
उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताउनु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :