बैंकहरूमा बढ्न थाल्यो निक्षेप

Read Time = 1 min

काठमाडौं । पछिल्लो समय बैंकहरूमा तरलता समस्यामा केही सुधार आएको छ । चालु आर्थिक वर्षको वैशाख चौथो साता वाणिज्य बैंकहरूमा निक्षेप थपिनुका साथै कर्जा पनि घटेको छ । वैशाखको चौथो साता बैंकहरूमा छ अर्ब निक्षेप थपिई कर्जा प्रवाहसमेत चार अर्बले घटेको हो ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख तेस्रोे सातामात्रै ९०.९९ भन्दा माथि रहेको बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ९०.८१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूको कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेको छ ।

चालु आवको वैशाख २३ गतेसम्म बैंकहरूले ४३ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका छन् । चैत मसान्तसम्ममा ४३ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?