हेटौंडामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश

Read Time = 1 min

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिनुभएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गर्नुभएको हो ।

भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएनु भएको थियो। एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताउनु भयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?