काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत अनुशासन कमिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब श्री भगवती क्लबमाथि लगाएको जरिवाना बढाउने निर्णय गरेको छ ।
अब भगवतीले एक लाख जरिवाना तिर्नु पर्नेछ । यसअघि ‘बी’ डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्धको खेलपछि श्री भगवतीका खेलाडी तथा अफिसियलहरु रेफ्रीमाथि हातपातमा उत्रिएको भन्दै एन्फाले क्लबका अफिसियल राजाराम श्रेष्ठ र विक्रम डंगोलसँगै खेलाडी अनिस श्रेष्ठलाई एक वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना लगाएको थियो ।
मंगलबार बसेको कमिटीको बैठकले ‘बी’ डिभिजन लिगकै अर्को क्लब नयाँबस्ती यूथ क्लबमाथिको जरिवाना एक लाख ५० हजारमा घटाएको छ ।
‘बी’ डिभिजन लिगअन्तर्गत मध्यपुर यूथ एसोसिएसनसँग ३-१ पराजित हुँदा नयाँबस्तीका खेलाडी र अफिसियलहरुले रेफ्रीहरुमाथि अभद्र व्यवहार गरेको एन्फाले जनाएको छ ।
यसअघि एन्फाले नयाँबस्तीलाई तीन लाखको जरिवाना लगाउने निर्णय गरेको थियो ।
यस्तै, अनुशासन कमिटीले नयाँबस्तीका व्यवस्थापक विकाश राईमाथि ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग कमिटीको निर्णयमा भने समर्थन जनाएको छ ।
सोमबार नै बसेको लिग कमिटीको बैठकले आरसी ३२ स्पोर्ट्स एकेडेमीलाई एक लाख ५० हजार जरिवाना तोकेको थियो ।
आइतबार ‘सी’ डिभिजन लिगअन्तर्गत पुल्चोक स्पोर्टस् क्लबविरुद्धको खेलपछि रेफ्री र म्याच अफिशियलहरुविरुद्ध अभद्र व्यवहार गरेको भन्दै एन्फाको अनुशासन कमिटीले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष र विदुर रिजाल र प्रविन राईलाई समान एक वर्षको प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धसँगै उनीहरूले एन्फाले अनुमति दिएको कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । यस्तै, आरसी ३२ का अफिसियल सञ्जीव कार्की र टिम व्यवस्थापक अनुप भट्टराईलाई लिगका आगामी खेलमा प्रतिबन्ध गरेको छ ।
यस्तै, अनुशासन कमिटीले आरसी ३२ का प्रतिनिधि रविन चन्दलाई फुटबल गतिविधिबाट एक वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्ध सोमबारदेखि नै लागू भएको एन्फाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच