काठमाडौं । नाटक ‘पल्पसा क्याफे’को मञ्चन १८औं दिनमा सकिएको छ । मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले मञ्चनको समयमा १० लाख रूपैयाँभन्दा माथिको आम्दानी गरेको छ । यो कमाई कोरोना महामारीयताकै उच्च हो ।
नाटकका निर्देशक विमल सुवेदीका अनुसार दर्शकको घुइँचो बढेपछि पछिल्ला दिनमा नाटकलाई दैनिक दुई शो मञ्चन गरिएको थियो । मण्डला नाटकघरमा नयाँ नाटक र कार्यक्रमको अग्रिम बुकिङ भएकाले १८ दिनसम्म मात्र सञ्चालन गर्न सकिएको हो ।
सृष्टि श्रेष्ठ र विमल सुवेदीको मुख्य भूमिका रहेको नाटक ‘पल्पसा क्याफे’ नारायण वाग्लेद्वारा लिखित उपन्यासमा आधारित छ । सशस्त्र द्वन्द्वको उत्कर्षमा जीवन बाँचिरहेका पात्रहरूको मनोदशामा आधारित नाटक हेर्न उपन्यासकार वाग्ले पनि मण्डला थिएटर पुग्नुभएको थियो । चर्चित उपन्यास, नाम चलेका कलाकार र कोरोना महामारीपछि नाटक हेर्न अधैर्य दर्शकको कारण ‘पल्पसा क्याफे’ हिट भएको निर्देशक सुवेदीको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच