काठमाडौं । ललितपुर, सुनसरी र बागलुङमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको देवानगंज गाउँपालिका–४ पाल टोलस्थित मकैबारीमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङको बागलुङ नगरपालिका–१० गलुवा बस्ने ४४ वर्षीय प्रेम बहादुर विक आफनै घरबाट करिब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । वैंशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको