काठमाडौं । साताको सुरुदेखि नै निरन्तररूपमा बढेको सेयर बजार चौथो दिन बुधबार पनि ५६.०६ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.४२ प्रतिशतले बढेको छ भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापक परिसूचक ९.५२ अंकले बढेर ४५६.६६ अंकमा पुगेको छ ।
कारोबारमा आएका दुई सय २९ कम्पनीमध्ये एक सय ९२ कम्पनीको सेयरमूल्य बढेको छ भने दुई कम्पनीको सेयर घटेको छ । अघिल्लो दिन एक अर्ब ३९ करोडको कारोबार भएकोमा यस दिन बढेर दुई अर्ब १६ करोड ३९ लाख ९० हजार सात सय ४३ रुपैयाँ बराबरका ५३ लाख ३३ हजार एक सय सय ९ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
नेप्से ५६ अंकले बढ्दा आठ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । नेसनल हाइड्रो, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, राधी जलविद्युत्, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावरको सेयरमूल्यमा सर्किट लागेको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :