काठमाडौं । चुनाव बहिस्कार गर्ने निर्णय लिएको नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
प्रहरीले उनीसहित तीन जनालाई बिहीबार बिहान दाङको भालुवाङबाट पक्राउ गरेको हो। उनीहरु काठमाडौंबाट गइरहेका थिए। सुर्खेतस्थित घर जाँदै गर्दा उनी पक्राउ परेको पार्टीका एक नेताले जानकारी दिए।
उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। यसअघि बुधबार साँझ मात्र बुटवलमा प्रेसर कुकर बम विस्फोट भएको थियो।
धर्मेन्द्रसहितका नेताहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही समयअघि मात्र अलग भएका थिए। निर्वाचनमा भाग लिने नलिने भन्नेमा पार्टीभित्र मतभेद रहेको थियो।
केहि दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन्।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :