-श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशको राजधानी मकवानपुरमा भोली हुने निर्वाचनको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।
एक उपमहानगर, एक नगर सहित ८ वटा गाउँपालिका रहेको जिल्लामा ३५६ वटा मतदान केन्द्र र १६५ वटा मतदान स्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताउनुभयो ।
जिल्लाको संवेदनशील मतदान केन्द्रहरुको मध्ये नजरगर्दै निर्वाचन सुरक्षा समितिले थप कडाईका साथ सुरक्षा परिचालन गरिएको उहाँले बताउनुभयो ।
दुई लाख ९४ हजार ९१९ मतदाता संख्या रहेको मकवानपुरमा मतगणना स्थलमा सिसी क्यामेरा,जाली र सुरक्षा कडाईका साथ गरिने उहाँले बताउनुभयो ।
उहाँले स्थानीय तह, सुरक्षा निकायको समन्वयमा मतदान स्थलमा घामपानीबाट मतदान बचाउन त्रिपालको समेत व्यवस्था गरिएको बताउनुभयो । सर्वदलीय बैठकपछि धेरैजसो स्थानीय तहमा भोलीबाटै मतगणना गरिने उहाँले बताउनुभयो ।
मतदान स्थलमा मतदान अधिकृतका साथै सुरक्षा निकायको टोली खटाइसकेको शर्माले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच