दाङ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस दाङले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने चार जना उम्मेदवारसहित १२ जनालाई कारवाही गरेको छ ।
कांग्रेसले राप्ती गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिने बुद्धिप्रकाश चौधरी, अन्य ३ वडाहरुमा अध्यक्ष पदका लागि बागी उम्मेदवार दिने ३ जनासहित उनीहरुको प्रस्ताव र समर्थकमा बस्नेलाई कारवाही गरेको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन) धारा १३ (४) (ग) बमोजिम पार्टी सदस्यता समाप्तभइ विधानको धारा ३४ (४) (क) बमोजिम पाँच बर्षलाई स्वत स निष्कासित हुने व्यवस्था अनुसार घोराही उपमहानगरपालिका–१० को उम्मेदवार डिल्लीबहादुर वलीसहित प्रस्ताव मञ्जु वली र समर्थक शशांक वलीलाई पार्टीवाट निष्कासित गरिएको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीद्वारा विहिवार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी राप्ती गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने बुद्धिप्रकाश चौधरी, उनको प्रस्तावकमा रहेका चित्रम चौधरी र समर्थक महेश चौधरी, बबई गाउँपालिका वडा नं। ३ को अध्यक्षमा उम्मेदवारी दिने नेवबहादुर खड्का, प्रस्ताव गंगाराम केसी र समर्थक गोपीलाल केसी र शान्तिनगर गाउँपालिका वडा नं। २ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सुनिल वली, प्रस्तावक बिष्णु डाँगी र समर्थक बिजय वलीलाई पार्टीबाट निष्कासन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच