काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ५८ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । अष्ट्रेलियन डलरको खरिदर ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा रहेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच