गठबन्धन सरकार र अग्निपरीक्षामा नयाँ अनुहार

डा. डीआर उपाध्याय
Read Time = 11 mins

राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । कतिखेर के हुन्छ यसै भन्न सकिँदैन । राजनीति सिधा बाटोमा हिँड्दैन, समय परिस्थिति अनुसार घुमाउरो बाटोमा पनि हिँड्न सक्दो रहेछ । हिजो निर्वाचनका बेला एक–अर्कालाई घोचपेच गर्ने नेता आज एक ठाउँ उभिएको देख्दा यसलाई के भन्ने ? माथिका नेता एक आपसमा मिलेपछि तल केही लाग्दो रहेनछ । जे होस् मिल्नु राम्रो कुरा हो । अझ नेपालमा भएका सबै कम्युनिष्टहरू मिल्न सके झन् राम्रो । कम्युनिष्टहरू सत्ताका लागि मिल्छन् तर सत्तामा केही तलमाथि भए फुट्छन् । यो त इतिहासले देखाएको कुरा हो । माओवादी केन्द्रबाट अझ भनौँ प्रचण्डबाट नेपाली कांग्रेसलाई नराम्रोसँग धोका भयो ।

कांग्रेसहरू पिरोल्लिरहेका छन् । भान्सा तयार गरेर पस्किएको खाना अर्कैले खाइदिए जस्तो भएको छ कांग्रेसलाई । मुखैमा आएको सत्ता फुत्त अर्को ठाउँमा गएपछि कसलाई पिर लाग्दैन र ? देशको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई प्रतिपक्षमा बस्नुपर्ने बाध्यता आएको छ । नेपालको राजनीतिमा यस्तै हुन्छ । विगतका घटनाक्रम यस्तै थिए । देशमा कुनै एक पार्टीको स्पष्ट बहुमत नआएपछि राजनीति परिस्थिति यस्तै हुन्छ । अहिले फेरि सत्ता टिकाउनका लागि बामएकताको कुरा चलेको छ । बामएकता हुन्छ कि हुँदैन त्यो त यसै भन्न सकिने अवस्था छैन तर सात पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार भने बनेको छ । प्रचण्डको नेतृत्वको सात दलीय सरकारले अझै पूर्णता भने पाएको छैन ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा धकेलेर दोस्रो ठूलो दल एमालेको समर्थनमा तेस्रो दल माओवादीले सरकारको नेतृत्व पाएको छ । यसलाई अचम्म मान्नुपर्ने केही छैन । राजनीतिमा यस्तै हुन्छ ।

सरकार सामु थुप्रै अवसर र चुनौती सँगसँगै आएका छन् । प्रधानमन्त्री दाहालले यसलाई कसरी सामाना गरेर अघि बढछन् त्यो त हेर्दै जाने कुरा हो । नयाँ गठबन्धनको सरकारले मुलुकको भाग्य र भविष्य निर्माणका लागि के कस्तो मार्ग चित्र कोर्ने छ त्यो त हेर्नै बाँकी नै छ । आमनिर्वाचनछिको यो नयाँ र केही नयाँ अनुहार थपिएको गठबन्धन सरकार हो । यो नयाँ सरकारमा गृहमन्त्री रवि लामिछाने अलि बढी चर्चामा देखिएका छन् । उनले गर्न खोजेको काम र योजनामा के कति सफल हुन्छन् त्यो नै रविको अग्निपरीक्षा हो । उनी केही नयाँ गर्न खोज्ने मान्छे हुन् तर उनले साथ र सहयोग पाउँछन् कि पाउँदैनन् भन्ने कुरा महत्वपूर्ण हो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा धकेलेर दोस्रो ठूलो दल एमालेको समर्थनमा तेस्रो दल माओवादीले सरकारको नेतृत्व पाएको छ । यसलाई अचम्म मान्नुपर्ने केही छैन । राजनीतिमा यस्तै हुन्छ । यो नयाँ गठबन्धन कति लामो समयसम्म जाला भन्ने कुरा चासोको विषय बनेको छ । गठबन्धन भत्किने र बन्ने यो कुनै नौलो कुरा होइन । विगतमा धेरै पटक गठबन्धन बने र भत्किए पनि । अहिले त्यही भएको छ । ‘वाम एकता’ देशका लागि आवश्यकता हो कि होइन यो विस्तारै बहसको विषय बन्दै जाला तर मुलुकमा देखिएका वामपन्थीहरू देश र जनताप्रति कति इमानदार छन् भन्ने प्रमाण देखाउनुपर्ने आवश्यकता अहिले देखिएको छ ।

छलकपटको राजनीतिले मुलुकको हित गर्दैन । यो सवालमा सबै गम्भीर बन्नैपर्छ । चर्को बोलेरमात्र मुलुकको भविष्य बन्दैन । मुलुकको भविष्य बनाउन काम गरेर देखाउनुपर्छ । सबैका आ-आफ्नै स्वार्थ छन् । एमालेको अभीष्ट पूरा भएको छ । उसले जसरी हुन्छ गठबन्धन तोड्ने भित्री रणनीति बनाएको थियो । सफल पनि भयो । नेकपा एमालेसहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भए । गठबन्धन तोडेर उनी सत्ता स्वार्थका लागि जे गर्न पनि तयार भए । आखिर सत्ताका लागि जे पनि हुँदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन ।

निर्वाचनको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागि गठबन्धन तोड्ने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावी पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरूलाई आफ्नै कुर्सी प्यारो लागेको छ । कुर्सीभन्दा अरू नेताहरूले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरैभन्दा धेरै दलको सहभागीता हुनेछ । दलहरूको चित्त बुझाउन प्रचण्डलाई ठूलै चुनौती हुनेछ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर देखाउँछ त्यो त हेर्न बाँकी छ । देउवाको अहंकारले गठबन्धन भत्किएको भन्नेहरू पनि छन् तर जे भए पनि आज मुलुक राजनीतिक ध्रुवीकरणतर्फ अघि बढेको अनुमान लगाउन सकिन्छ ।

बिहानसम्म गठबन्धनकै सरकार बन्ने चर्चा थियो तर राजनीतिले मध्याहृनतिर अकै मोड लियो र प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई समर्थन गरेका सबै पार्टी सरकारमा जाने कुरा छ । समर्थन गरेका सबै पार्टीलाई प्रचण्डले कसरी मिलाएर लैजान्छन् त्यो नै अग्निपरीक्षाको विषय बनेको छ । नेताहरू सत्ताकै लागि विगतमा झै गल्ति दोहोयाउँदै छन् । अब जनताले खबरदारी नगर्ने हो भने जे पनि हुन सक्छ । जनता सजग हुनुपर्ने अवस्था आएको छ । देश र जनताको भविष्य दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । अब देश र जनताको चिन्ता गर्ने नेताको खाँचो छ । देश र जनताको कुनै मतलव नराख्ने नेताहरूको अब भविष्य राम्रो हुने छैन ।

अब मुलुक बनाउने कुरामा सबै दलहरू मिलेर अघि बढ्नुपर्छ । त्यसो भयो भनेमात्र देश बन्छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । राजनीतिमा इमानदारी भएन भने देश र जनताले दुःख भोग्नुपर्ने हुन्छ ।

यो कुरा बुझेर बसे हुन्छ । लामो समयदेखि नेपाली जनताले दुःख कष्ट भोग्दै आएका छन् । यो देशको भविष्य राम्रो हुन्छ कि भन्दै धैर्य पनि पटक-पटक गरे तर जनताले सोचेजस्तो अवस्था परिवर्तन हुन सकेन । देशमा व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । अब प्रचण्डले जनताको अवस्थामा परिवर्तन ल्याउन सक्छन् कि सक्दैनन् । व्यवस्था परिवर्तन गर्न प्रचण्डकै देन छ तर देश र जनताको अवस्था परिवर्तन भएन भने व्यवस्था परिवर्तनको के अर्थ ? देश र जनतालाई सोचेर भाग्य र भविष्य निर्माण गर्नु आजको आवश्यकता हो ।

अब मुलुक बनाउने कुरामा सबै दलहरू मिलेर अघि बढ्नुपर्छ । त्यसो भयो भनेमात्र देश बन्छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । राजनीतिमा इमानदारी भएन भने देश र जनताले दुःख भोग्नुपर्ने हुन्छ । हाम्रो देशको राजनीतिमा बेइमानमात्र भइरहेको छ । सत्ताका लागि नेताहरू एक आपसमा मिल्दै जाने तर तल तलका कार्यकर्ता पानी बाराबार गरी बोलचाल नै नगरेको पाउन सकिन्छ । नेता मिलेपछि सबै सकियो । यस्तो छ देशको राजनीति । हिजो ओली प्रचण्ड नमिल्दा राजनीति के भएको थियो अहिले के भयो ? यी सबै सत्ता स्वार्थका खेल हुन् । जनतालाई मुर्ख बनाउने खेल राजनीतिमा देखिएको छ । अब राजनीतिक दलहरू देश र जनताप्रति इमानदार बन्न सकेनन् भने उनीहरू आफैँ सकिन्छन् ।

देश र जनताको पक्षमा काम गर्छौं भनेर जनतालाई बाचा दिएर निर्वाचनमा भोट माग्ने अहिले आएर जनतालाई धोका दिने हो भने जनताले आफैं हिसाबकिताब खोज्ने छन् । अहिले देशका सामु हिजो जस्ता समस्या थिए अहिले पनि ती समस्या ज्यूँका त्यूँ छन् । ती समस्या समाधान गर्न यो नयाँ सरकार कम्मर कसेर लाग्नुपर्छ । हिजो जस्तै कुनै बहाना बनाएर मुलुकलाई अल्झाउने छुट कसैलाई छैन । देशलाई सोचेर सबैले काम गर्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?