म्हेन्दोमाया गीतसंगीतका ‘बादशाह’ शैलाप

Read Time = 7 mins

काठमाडौ । पञ्चमान तामाङ नेपाली गीत संगीतको क्षेत्रमा शैलाप वाइबाको नामले लोकप्रियता हासिल गर्नुभएको छ । दुई दशकदेखि नेपाली तथा तामाङ गीत संगीतमा समर्पित बाइबाका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । विसं २०४० माघ १५ मा बुबा प्रेमबहादु तामाङ र आमा फूलमाया तामाङको कोखबाट नुवाकोट जिल्ला हालको म्यागङ गाउँ पालिका-५ पर्मचेतमा जन्मिनुभएको हो । गाउँकै स्कुल चक्रदेवी प्राविबाट प्रारम्भिक स्कुलको अध्ययन गर्नुभएका वाइबाले बिन्दु केशर माविबाट एसएलसीसम्मको अध्ययन गर्नुभएको हो ।

देशकै राजधानी काठमाडौंसँग जोडिएको जिल्ला नुवाकोटमा अध्ययन गर्दै गर्दा सानैदेखि गीत लेख्न रुचाउने उहाँले विसं २०५६ सालमा रेडियो नेपालबाट फागुन ७ गते प्रजातन्त्र दिवसका अवसारमा आयोजित लोकगीत प्रतियोगितामा भाग लिनुभएको थियो । वाइबाको गीत संगीतको यात्रा औपारिचक रूपमा त्यहीबाट सुरु भएको थियो । गीतसंगीतलाई नै आफ्नो सबैभन्दा खुशी ठान्ने उहाँले विसं २०५९ भदौमा पहिलो एल्बम ‘डाडैमा देविथान’ विमा कुमारी र सूर्य कुमारीको साथमा श्रोता/दर्शकमाझ ल्याउनुभएको थियो । पहिलो गीतबाटै श्रोता/दर्शकको औधि माया पाउनुभएका उहाँले त्यसपछि क्रमशः ‘रुमाल हल्लाउदै...’, ‘गेटमा फूलमाला...’, ‘राइफल छोडिदेउ...’, ‘निम्तो सुपारी...’, ‘हुलाकी दाइ...’, ‘आर्मी पल्टनमा...’, ‘माया नम्बरी...’, ‘डबल हिलिमेट...’, ‘छड्के सलामी...’ लगायत दर्जनभन्दा बढी गीति एल्बम स्रोता÷दर्शकमाझ ल्याउनु भएको छ ।

तामाङ सेलो गीततर्फ पनि वाइबाको नाम अग्रपंतिमा आउँछ । उहाँका ‘गोरीमा गोरी ओइ पेन्बी...’, ‘सुन न पूर्वेली मैच्याङ हो...’, ‘क्या राम्री मैच्याङ...’लगायत तामाङ सेलो गीत लोकप्रिय छन् । बाइबा जति राम्रो शब्द कोर्नुहुन्छ त्यस्तै उहाँको संगीत र स्वरले पनि त्यतिकै तारिफ बटुलन सफल भएको छ । पछिलो समयमा उहाँका ‘सुन्तली मैच्याङ...’, ‘सुन न दौँतरी...’, ‘गालामा डिम्पल...’, ‘यो कुरा साही हो...’, ‘ल्हाप्साङ कर्पो...’ लगायत दर्जनौ सेलो गीत धेरैले रुचाएका छन् । यस्तै उहाँले देशभक्ति गीतमा पनि आफूलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ । बाइबाले ‘मेरो देश...’, ‘सीमानामा डुंगा हानाहा...’, ‘यही छ शान्ती...’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमार्फत पनि श्रोता/दर्शकको औधि माया बटुल्न सफल हुनुभएको छ ।

सायद गीतसंगीत क्षेत्रकै लागि आफ्नो जन्म भएको र आफू पूर्णरूपमा यसैमा समर्पित भएर यही क्षेत्रका श्रीवृद्धिमा अनवरत रूपमा लागिरहेको बताउनुहुने बाइवा तामाङ समुदयमा चल्ने अत्यन्तै लोकप्रिय भाका म्हेन्दोमाया गीत संगीतका ‘बादशाह’ मानिनु हुन्छ ।
वाइबाले तीन सयभन्दा बढी तामङ गीतमा शब्द तथा संगीत भर्नुभएको छ भने तीन दर्जनभन्दा बढी तामाङ गीतमा जादुमय स्वर दिनुभएको छ । पछिल्लो समयमा तामाङ गीत संगीतमा उहाँले एकक्षत्र राजगर्नुभएको छ । उहाँले तामाङ गीत- ‘रेञ्चा थारा...’, ‘काउले नम्सा...’, ‘कक्क होइ...’, ‘स्यामा चोली...’, ‘तिङलिङ कोङनले...’, ‘मिख्ली छोरोरो...’, ‘पैसाउरा नम्स...’, ‘दालमी मस्याङला...’, ‘आस्याङ अङिला जामे...’, ‘साइली माइली...’, ‘करिमा चे...’, ‘तिलिङलिङ...’, ‘अङिला जामे सेर्कु...’, लगायत धेरै गीतहरूमा आफ्नै स्वर शब्द र संगीत दिनुभएको छ । यस्तै उहाँको शब्द र संगीत रहेका तामाङ गीतमा, ‘वाला वाला ग्रम्बारी...’, ‘ज्यो ज्यो आले...’, ‘मर्चवती...’, ‘वाला गल्बन्दी...’, ‘चोपोर ग्रम्बारी...’, ‘उर उर सुन्तला...’, ‘सुन्तलाको रस...’, ‘घया म्रङ...’, ‘जोडी परेवा...’, ‘किन्ताङ नम्सै कान्छिमा...’, ‘स्यामा गुनेरी...’, ‘किम्तङ नम्स...’, ‘तोर तोर बोम्ताङ नम्सरी...’, लगायत छन् ।

गीत संगीतका क्षेत्रमा साथै मोडलिङ क्षेत्रमा पनि उहाँको लगाव रहेको छ । उहाँले ‘दङो दङो...’, ‘पात्ले नम्स...’, ‘माने नम्सै ल्होसार...’, ‘वाइवाको छोरो...’लगायत मोडलिङ गर्नुभएको छ । उहाँले गीत संगीतको देशका विभिन्न स्थानका साथै कतार, इराक, दुबाइलगायतको यात्रा गर्नुभएको छ । गीत संगीतका क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको प्रशंसा गर्दै विभिन्न संघसंस्थाले बाइवालाई विभिन्न अवार्ड, सम्मान र पुरस्कार प्राप्त गरेका छन् । उहाँले ज्योति फिल्म अवार्ड, इन्टरनेशनल हिमालयन अवार्ड जस्ता अवार्ड प्राप्त गर्नुभएको छ । यस्तै उहाँले अन्य थुप्रै अवार्ड, सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । विदेशमा तथा देशमा हुने विभिन्न मेला महोत्सव तथा सामारोहमा व्यस्त रहेने उहाँ आफू आउँदा दिनमा अझै गीत संगीतकै क्षेत्रमा सक्रिय रहने बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?