काठमाडौं । आज शनिबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
त्यस्तै, दिउँसो प्रदेश नं.१, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैगरी, राति प्रदेश नं. १ लगायत देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । प्रदेश नं. १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ । त्यसैको प्रभावका कारण अहिले नेपालमा मौसममा सुधार हुन नसकेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको