गुल्मीको चन्द्रकोट १ मा माओवादीका खरेल वडाध्यक्षमा बिजयी

Read Time = 2 mins

चन्द्रकान्त खनाल
रुपन्देही । गुल्मीको चन्द्रकोट गाउँपालिकामा गठबन्धनको तर्फ बाट माआवादीका उम्मेदवार घनश्याम खरेल वडाध्यक्षमा बिजयी हुनु भएको छ ।
एमालेका उमेदवार गोबिन्द बहादुर बलाललाई दुई तिहाइ भन्दा बढी मतको अन्तराले पछाडी पार्दै बिजयी भएका हुन । विजयी खरेलले ५५२ मत ल्याउनु भएको छ भने एमाले उम्मेदवार बलालले जम्मा १८५ मत प्राप्त गर्नु भएको छ ।
अघिल्लो निर्बाचनमा खरेललाइ झिनो मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसपाली खरेल सहित गठबन्धनको पुरै प्यानल अत्याधिक बहुमतका साथ बिजयी भएको छ । गठबन्धनको तर्फ बाट गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका युवराज केसी पनि भारी मतले अग्रता लिइरहनु भएको छ । कुल ८०० मत गणना हँुदा ११ मत बदर भएको थियो । जसमध्ये केसीले ५८१ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले १८१ मत ल्याएका छ्न । उपाध्यक्षमा पनि गठबन्धनकै बिष्णु प्रसाद भण्डारीले ४६१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राधिका अर्यालले २०१ मत ल्याउनु भएको छ । उहाँ निबर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?