मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस ३ मा विजयी

Read Time = 10 mins

काठमाडौं । हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेको छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।

१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ ।

नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हो । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।

नेकपा एमाले

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित हुनु भएको छ । ६ सय १० मत खसेको गाउँपालिकामा उहाँले तीन सय २० मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाउनु यभो । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी हुनु भयो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचित हुनुभएको थियो भने उपाध्यक्ष कांग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष कांग्रेसले नै जितेको हो ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित हुनु भएको छ । घले आठ सय ६१ मत ल्याई विजयी हुनुभयो । कांग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाउनु भयो । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ सात सय ४४ मत ल्याई विजयी हुनुभयो। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ मत पाउनु भयो ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङ एक सय ८५ मत प्राप्त गर्नुभएको छ। विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ आठ सय ६७ मत ल्याई विजयी हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका आङ्जेन गुरुङले पाँच सय ७७ मत ल्याउनुभयो। उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ सात सय ४९ मत ल्याई विजयी हुँदा कांग्रेसकी धेच आङ्मो गुरुङले ६ सय ७७ मत ल्याउनु भयो ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी हुनुभयो । उहाँले कांग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई एक सय ५४ मतान्तरले पराजित गरेर विजयी हुनुभयो। टसीले ६ सय ६८ मत पाउँदा टासी नुर्बुले पाँच सय १४ मत मात्रै ल्याउनु भयो ।

उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी हुनुभयो। उहाँले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराउनु भयो । छिमीले ६ सय ३२ मत पाउँदा छिरिङले पाँच सय ३८ मत पाउनुभयो ।

डोल्पाको शे(फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरूङ निर्विरोध वियजी हुनुभयो। नेकपा एमाले डोल्पाका सचिव समेत रहनुभएको गुरूङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध हुनुभएको हो ।

नेपाली कांग्रेस 

नेपाली कांग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका कांग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो ।

मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ । लामा एक सय ५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले एक सय ११ मत पाउनुभयो । खसेको तीन सय चार मतमध्ये ३५ मत बदर भएको छ ।

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसक्नुभएको छ। नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध अध्यक्ष चयन हुनुभएको थियो ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ। उहाँले आठ सय २० मत ल्याउनु भएको छ। एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ नौ सय १३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी हुनुभएको छ । उहाँ सात सय ६० मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले सात सय ५८ मत ल्याउनुभयो । उहाँ २ मतले पराजित हुनुभयो ।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी हुनुभयो । उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी हुनुभयो। एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याउनु भयो ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले सात सय ७० मत ल्याएर विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा सात सय ५९ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत प्राप्त गर्नुभयो ।

नेकपा एकीकृत समाजवादी निर्विरोध

नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ । काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध हुनुभएको थियो । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध हुनुभएको थियोृ। २०७४ सालमा उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध हुनुभएको छ। २०७४ सालमा उहाँ स्वतन्त्रबाटै पालिका अध्यक्ष बन्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मुस्ताङ अस्पतालमा बढे बिरामी एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा