हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवारले १ मतको अग्रता लिएका छन् । हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।
२ हजार ६ सय १८ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ७८६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ७८५ मत प्राप्त गर्नुभएको छ। राप्रपाका दीपक सिंहले ७२० मत प्राप्त गर्नुभएको छ ।
मकवानपुर जिल्लाको दश वटै स्थानीय तहको मत गणना भइरहेको छ । अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवारहरूको अग्रता देखिएको छ । रातीको मतगणनाको लागि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल