हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवारले १ मतको अग्रता लिएका छन् । हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।
२ हजार ६ सय १८ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ७८६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ७८५ मत प्राप्त गर्नुभएको छ। राप्रपाका दीपक सिंहले ७२० मत प्राप्त गर्नुभएको छ ।
मकवानपुर जिल्लाको दश वटै स्थानीय तहको मत गणना भइरहेको छ । अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवारहरूको अग्रता देखिएको छ । रातीको मतगणनाको लागि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं