रोनाल्डोलाई पछ्याउँदै बेन्जेमा

Read Time = 2 mins
A A- A+

म्याड्रिड । रियल म्याड्रिडको इतिहासमा करिम बेन्जेमा सर्वाधिक गोल गर्ने सूचीमा पूर्वस्टार क्रिस्टियानो रोनाल्डोलाई पछ्याइरहनुभएको छ । रियल म्याड्रिडले लेभान्तेलाई ६-० ले पराजित गर्दा एक गोल गर्दै उहाँले क्लबका लागि ३२३औँ गोल गर्नुभएको थियो । यो गोलसँगै उहाँ क्लब इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पुग्नुभएको छ ।

अब बेन्जेमाभन्दा अघि क्रिस्टियानो रोनाल्डोमात्रै हुनुहुन्छ । रोनाल्डोले रियल म्याड्रिडका लागि खेल्दै ४५१ गोल गर्नुभएको छ । रियल म्याड्रिडका लागि ला लिगामा रोनाल्डोले ३१२, राउलले २२८ तथा बेन्जेमाले २१९ गोल गर्नुभएको छ ।

३४ वर्षीय बेन्जेमाले यस सिजनका सबै प्रतियोगितामा ४४ गोल गर्नुभएको छ । बेन्जेमाले समग्र सिनियर करिअरमा ४२५ गोल गर्नुभएको छ । उहाँले रियलका लागि ३२३, लियोनका लागि ६६ तथा फ्रान्सको जर्सीमा ३६ गोल गर्नुभएको छ । रियलका लागि उहाँले हालसम्म ६०३ खेल खेल्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?