जमुनाह नाका आज रातिदेखि ७२ घन्टा बन्द

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालगञ्ज । नेपाल-भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ ।

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज राती ७२ घन्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो । आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुँदैछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति १२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल-भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ ।

सोमबार निर्वाचनको सुरक्षा प्रयोजनका लागि ७२ घन्टाका लागि सिमा नाका बन्द गर्ने बिषयमा नेपाल-भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?